दफा ४३
रीत नपुगेको लिखत मान्य नहुने

(१) यस परिच्छेद बमोजिम रीत नपु¥याई तयार गरिएको लिखत मान्य हुने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा लिखतको प्रकृति हेरी दुई सय रुपैयाँसम्मजरिबाना गरी त्यस्तो लिखतलाई मान्यता दिन सकिनेछ:-
(क) लेख्न जान्नेले रीतपूर्वक दस्तखत मात्रगरी ल्याप्चे सहीछाप नगरेको वा ल्याप्चे सहीछाप गरेकोमा प्रष्ट नदेखिने गरी गरेको,
(ख) लेख्न जान्नेले दस्तखत नगरी ल्याप्चेसहीछाप मात्र गरेको,
(ग) लिखतको पुछारमा मिति टुङ्गिएको ठाउँमा कारणीको सहीछाप नगराएको,
(घ) साक्षी नराखेको वा राखेको साक्षीको दस्तखत नगराएको,
(ङ) नाम, थर, वतन र पद समेत लेख्नु पर्नेमा थर,वतन वा पदमध्ये कुनै वा सबै छुटाएको ।
(३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम विद्युतीय माध्यमबाट कुनै लिखत तयार गर्नसकिने गरी कानूनी व्यवस्था भएकोमा त्यसरी तयार गरिएको लिखतलाई रीत पूर्वक तयार गरेको लिखत मानिनेछ ।